थुप्रै पढाइयो सम्बन्धको गणित
इज्जतको सुत्र
समाजको व्याकरण
नैतिकताको मुकुण्डो
रटाइयो थुप्रै
नाफा घाटाको अर्थशास्त्र
लेखाको आयव्यय
उचनिचको प्रथा र परम्परा
अन्धाधुन्ध संस्कारको ठेली
र त चुकि रहे मान्छे यहाँ
बुझ्न सम्बन्धको विज्ञान
भावनाको मर्म
अनि वर्षौँदेखि बिकिरह्यो
मानवीय मूल्य र मान्यता
अर्थको तराजुमा !
र नियालिरहेछ एउटा युग
एउटा भ्रष्ट समयको रमिता
थकित आँखाले ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १९:२६