काठमाडौं । गएरातिको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले इङ्गल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको हो।
यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् ।
जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ ।
अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो भने क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर अन्तिम चारमा स्थान बनाएको हो।
दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बायात स्टेडियममा सुरु हुनेछ।
फाइनल भिडन्त भने पुस ३ गते अर्थात् अर्को आइतबार हुनेछ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ ०८:२२