काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकका ७ सांसदहरूको नाम टुङ्ग्याएर आयोगमा नाम पठाएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २ पुरुष र ५ महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको हो।
पुरुषतर्फ राप्रपाको समानुपातिकमा पशुपतिशमशेर राणा र बुद्धिमान तामाङलाई राखिएको छ भने महिलातर्फ रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली रहेका छन्।
प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ ओटै सिट पाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ ०९:१५