काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेको छ ।
राष्ट्रपति भण्डारीले बुधबार आफ्नो जन्मस्थानमा ११ करोड बढी लागतमा निर्माण भएको शिक्षालयको बुधबार उद्घाटन गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मगाउँ रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपाति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताए ।
शिक्षालयबाट उत्पादित जनशक्तिबाट मुलकलाई आत्मानिर्भर र स्वाबलम्वी बनाउन योगदान पुग्ने उनको भनाइ छ।राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको नाममा शिक्षालय स्थापना गरेको हो ।
दुर्गम ठाउँका स्थानीयहरुमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा यहाँ ११ करोड ३९ लाख ७३ हजार आठ सय रुपैँया लागतमा शिक्षालय निर्माण गरिएको हो ।
प्राविधिक शिक्षाको विकासमा शिक्षालयले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उसका लागि भोजपुरका ऐतिहासिक क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनु पर्ने उनले बताए ।
राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेको छ ।
जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भईरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशूल्क दिएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १९:३१