मोरङ । प्रदेश नं १ प्रदेश प्रमुख पर्शुराम खापुङ्गलाई निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त्त दिनेशकुमार थपलियाले प्रदेश नं १ प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेशन प्रमुखको कार्यालयमा वुझाएको छ।
प्रमुख आयुक्त थपलियाले प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारणा १७६ को उपधारा १ को खण्ड (क) र (ख) तथा प्रदेश तथा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३,४ र ५ को व्यवस्था बमोजिम विस २०७९ मङ्सीर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत प्रदेश नं १ को प्रदेश सभा सदस्य निर्वाचनको निर्वाचन परिणाम सहितको प्रतिवेदन आयोगको मङ्सीर २९ गतेको निर्णयानुसार प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ वमोजिम समक्ष पेश गरेको हो ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै लोकतन्त्रमा आवधिक निर्वाचन अत्यन्तै महत्वपूर्ण हुन्छ भन्दै यसले सङ्घीयतालाई वलियो र स्थिरता कायम गर्न टेवा पुग्ने बताएका छन् ।
उनले यस पटकको आयोगले निर्वाचनको क्रममा संविधानको धाराहरु, ऐन कानून लागु गर्न, आचार संहिता पालना गराउन र भड्किलो हुन नदिन निर्भिकता साथ कार्य गरेको धारणा राखेका थिए ।
प्रमुख आयुक्त्त थपलियाले निर्वाचनले सङ्घीयताको कार्यान्वयनमा सही र उपयुक्त्त निकास दिन सातै प्रदेशमा एकै दिन प्रतिवेदन वुझाएको जानकारी दिएका थिए ।
उनले मङ्सीर ४ गते सम्पन्न निर्वाचनले स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी हुनुका साथै शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासनलाई अवलम्वन गरेको धारणा राखेका थिए ।
प्रतिवेदन वुझाएसँगै संविधानले निर्दिष्ट गरे अनुसार नयाँ प्रदेश सरकार निर्माण गर्ने प्रक्रिया प्रारम्भ भएको र प्रदेश प्रमुखले २० दिनभित्र प्रदेश सभाको आव्हान गर्ने संवैधकानिक व्यवस्था रहेको उनले बताएका थिए ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ २०:०७