तानसेन पाल्पा । पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका–४ सिल्खानटोलको गोलाखानामा भवन निर्माणको लागि जग खन्ने क्रममा तोपका गोला फेला परेका छन् ।
अहिलेसम्म ३ सय बढी गोला फेला परेका छन् । अझै भेटिने क्रममा छन् । गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।
घडेरी खन्ने क्रममा तोपका गोला भेटिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले बताए । फेला परेका गोलाहरु पाल्पा स्थित नेपाली सेनाले संकलन गरिरहेको छ ।
सामान्यतया १ सय ग्रामदेखि २०/२५ किलोग्राम सम्मका गोलाहरु भेटिएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १६:०६