जाजरकोट । जाजरकोटमा निर्माण हुने नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा पुल निर्माण नहुँदा काठको लाप्कोमा यातायातका साधनहरु सञ्चालनमा ल्याएको छ ।
नलगाड नदीमा ६ वर्ष अघि जिर्माण गर्नुपर्ने पुल अहिले सम्मा निर्माण नगर्दा काठको लाप्को हालेर सवारी साधन सञ्चालन गर्नु परेको हो ।
जाजरकोट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काको निर्माण सेवाले ६ वर्षदेखि पुल निर्माण नगर्दा काठको लाप्को हालेर यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी भीमबहादुर बुढाले बताए ।
नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको खारामा मोटरेवल पुल निर्माण नगर्दा यस्तो समस्य भएको हो ।
नलगाड नदीमा पानीको वहाब कम भएपछि मात्र काठको पुल निर्माण गर्न सजिलो भएपछि अहिले काम चलिरहेको स्थानीय रेशम खड्काले बताए । यही बाटो भएर भेरी करिडोर समेत जोडिन्छ । जुम्ला जोडनका लागि समेत यो सजिलो मार्ग रहेको छ ।
नलगाड जलविद्युत कम्पनी लिमिटेडका सुनिल पौडेलका अनुसार निर्माण व्यवसायी खड्कालाई पुल निर्माणको लागि ताकेता गरेपनि सुनुवाइ नभएको बताए ।
वर्षायाममा पुल नहुँदा यो बाटो ठप्प हुने गर्दछ । हिउँद याममा काठको लाप्को राखेर नदी पार गराएपनि नदीमा पानीको वहाज बढ्न बित्तिकै पुल बगाएर लिने र यातायात सेवा ठप्प हुने गर्दछ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ २०:११