काठमाडौं । माला व्युटी एसेस्सरस् एशोसियसन नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
एशोसियसन नेपालले आज काठमाडौंको पुरानो वानेश्वरस्थित सिद्धार्थ ब्यांक्वेटमा आयोजित प्रथम साधारण सभा सम्पन्न गरेको हो ।
आयाेजित साधारणसभाले देशभरका १ सयभन्दा बढी सदस्य भइसकेको व्युटी व्यवसायका व्युटीसियनहरुको दक्षता तथा योग्यताको मूल्यांकन गर्ने आधिकारिक संगठन गठन गरेकाे छ ।

सीटीभीटीसँग आवद्धता तथा सरोकार रहेको माला व्युटी एसेस्सरस् एशोसियसन नेपालको एउटै उदेश्य भनेको देशभर रहेका व्युटी व्यवसायमा रहेकाहरुको दक्षता तथा योग्यताको मूल्यांकनकर्ताहरुलाई एउटै मालामा उन्ने हो।
सीटीभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा बरिष्ठ सौन्दर्यविद एवम् पूर्व सांसद मीना गुरुङ र अग्रज सौन्दर्यविद प्राध्यापक डा राज्यश्री श्रेष्ठ, बरिष्ठ सौन्दर्यविज्ञ विनु श्रेष्ठ मालाकार, हेयर स्टाइलिष्ट नारायण नापित लगायतको आतिथ्यतामा संपन्न प्रथम साधारण सभामा व्युटीसियनहरुको दक्षता तथा योग्यताको मूल्यांकन गर्ने आधिकारिक संगठन गठनको आवश्यकता र महत्वको वारेमा प्रकाश पारिएको थियो।
माला व्युटी एसेस्सरस् एशोसियसन नेपालका अध्यक्ष विमला ढुंगेल रिजालको सभापतित्वमा भएको साधारण सभामा उपाध्यक्ष लक्ष्मी महतले यसको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए।
कोषाध्यक्ष सुषमा रावल, सचिव शोभा अर्याल तथा सदस्यहरु सायदा तवसुम, कल्पना राई, सावित्रा राई, रुपा बानिया, अमृता विश्वकर्मा र सकुन सुव्वाले माला व्युटी एसेस्सरस् एशोसियसन नेपाल व्युटी मूल्यांकनकर्ताहरुको साझा संगठन भएको धारणा व्यक्त गरेका थिए।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ २०:३५