काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम योजना सफलतापछि ‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ शुभारम्भ गरेको छ ।
चितवनको सौराहामा भव्यरुपमा आयाेजित उक्त ‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ कार्यक्रमको कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उद्घाटन गरेको हो।

कार्यक्रममा देशभरीबाट शाखा–उपशाखा प्रमुख र अधिकृतहरु समेतको उपस्थिति रहेको सो समारोहमा अध्यक्ष शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि याे कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका थिए ।
कम्पनीका अध्यक्ष शर्माले समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले ‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा प्रकाश पारेका थिए ।
देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आयआर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी रहने धारणा प्रमुख कार्यकारी अधिकृत भट्टराईको थियो ।

कम्पनीले यस योजना आव २०७९/८० भित्र परिक्षणको रुपमा यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गर्ने, कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेको छ ।
यस योजना अन्तर्गत सरकारी, गैर सरकारी निकायसँग समन्वय गरी महिलाहरुलाई प्रभावकारी रुपमा तालिम दिने, रोजगारीका लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराई नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ ।
यसअघि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७८/७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ’युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम योजना सञ्चालनमा ल्याएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ १२:१७