काठमाडौं। २५ डिसेम्बरका दिन इसाइ धर्मावलम्बीहरूको महान पर्व क्रिसमस विश्वभर हरेक बर्ष मनाउने कार्य हुदैआएको छ। त्यसको अघिल्लो साँझ क्रिसमस इभ मनाउने परम्परा रहेको छ।
यसक्रममा यो बर्षको क्रिसमसको अघिल्लो दिन शनिवार विश्वभर क्रिसमस इभ मनाएको हो। पछिल्लो समय नेपालमा पनि युवा पुस्तामा यो चाड लोकप्रिय मानिँदै आएको छ। विभिन्न चर्च साथै ठूला शहरमा रहेका होटल रेष्टुरेन्टमा क्रिसमसको अघिल्लो साँझ युवायुवतीहरू भेला भएर क्रिसमस मनाउने चलन छ।
यस अवसरमा इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएर जिसस क्राइस्टको (पवित्र आत्मा) को प्रार्थना गर्छन् । इसाइ धर्मगुरु जिसस क्राइस्टले मानव जातिको मुक्तिका लागि आहूति दिएको सम्झनामा क्रिसमस मनाउने गरिन्छ। यसैवीच ललितपुरको भनीमण्डलस्थित एजम्सन चर्च लगायत अन्य चर्चहरुमा पनि शुक्रबार क्रिसमस इभ धुमधाम साथ मनाइएको छ। क्रिसमसको उपलक्ष्यमा नेपाल सरकारले आइतवार सार्वजनिक विदा दिएको छ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ २१:२८