काठमाडौं । सुदरपश्चिमकी दमदार गायिका लक्ष्मी आचार्यको ‘ओ मेरी भाउजु’, ‘भन् साली तेरी दिदी कहाँ’ जस्ता युट्युवको करोड क्ल्बमा पुग्न सफल भैसकेको छ। उनै गायिका आचार्यको नयाँ गीत लाईहेल कालो टिको’ सार्वजनिक भएको छ ।
सुदरपश्चिमको एकदमै चर्चित र ऐतिहासिक भाषाकासाथ आएको यो गीत त्यहाँकै कल्चर शैलीमा गीत तयार भएर आएको छ । नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा अर्काे चर्चित गायक प्रकाश सपुतले साथ दिएका छन् । प्रकाशले स्वर दिएको यो नै पहिलो सुदुरपश्चिको गीत हो ।
थुप्रै गीत मार्फत आफुलाई अब्बल साबित गर्दै आएका प्रकाशले यो गीत सुदुरपश्चिमकै शैलीमा निकै मिठो तवरबाट स्वर दिएका छन् । उनको स्वर सुन्दा उनले सुदुरपश्चिको शैलीको गीत पहिले देखिनै गाउने गरेको आभाष हुन्छ । चर्चित गायक प्रकाश सपुतसँग सहकार्य गर्न पाउदा निकै खुसी देखिएकी गायिका आचार्यले सपुतको स्वरले गीतमा सुन र सुगन्ध दुबै भर्ने काम गरेको बताउँछिन् ।
गीत अनुसारको भिडियो निकै आकर्षक बनेको छ । प्रकास सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ। एउटी बिछट्टै राम्री केटीलाई अरुको नजर लाग्ने होकी भनेर फलो गरिरेका एक युवकले ति युवतीलाई ठट्यौली पारामा आफ्नो प्रेम ब्यक्त गीतमा गर्दछन्। भिडियोले पनि त्यही कथा बुनेको छ ।मौसम हिमालको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी निकै सुहाएको छ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ २२:०१