प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको २२औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताएको हो ।
महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार भएको प्रधानमन्त्री ओलीले बताउँदै जनताको ज्यान सबैभन्दा महत्वपूर्ण भएको बताएका हुन् ।
नागरिककै जीवन रक्षाका लागि ३००/४०० रुपैयाँ पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई ५० हजार रुपैयाँ तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको जानकारी दिएका थिए ।
आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै प्रधानमन्त्री ओलीले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पारेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ १७:१४