काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बहुमतसहित सरकारको नेतृत्वमा दाबी पेश गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १६९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारका लागि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर गरेका छन् ।
साथै स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, किरणकुमार साह र प्रभु साहले पनि समर्थन गरेका छन्।
प्रतिनिधिसभामा एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र जसपा १२ सांसद रहेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १८:१४