काठमाडौ । डिलाईटेड नेपाल (Delighted Nepal) युट्युब च्यानलमार्फत नयाँ देशभक्तिपूर्ण गीत 'मेरो देश नहारोस्...' को म्युजिक भिडियो बजारमा आएको छ ।
राष्ट्रिय देशभक्तिपूर्ण गीतहरुको लहरमा थपिएको नयाँ गीतभित्र 'म हारे पनि मेरो देश नहारोस्' भन्दै गायक स्वरुपराज आचार्य, संगीतकार पुष्कर सुनुवार र गीतकार डीपी दाहाल परिश्रमी सहकार्य रहेको छ ।
देशको सारगर्भित परिचय बोकेको यस 'मेरो देश नहारोस्...' गीतमा नेपालको कला संस्कृति र प्रकृतिलाई विशेष ग्राह्यता दिईएको यस गीतकी प्रश्तुतकर्ता रिता सिम्खडा दाहाल हुन् ।
यस गीतलाई मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको हाे भने डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा. लि. ले उत्पादन तथा बजार व्यवस्थापन गरेका छन् । यो गीत प्रकृतिप्रेमी, नेपाली कला संस्कृति र आपसी भाइचारा बोकेको मीठो श्रृजना बनेको छ ।
भिडियो सम्पादन मोहन सुनुवार, छायङकन केशव विश्वकर्मा, एरेञ्ज, रेकर्डिष्ट एवम् मिक्सिङ पुष्कर सुनुवारको रहेको छ। व्यक्ति हार्न सक्छ तर देश हार्नु हुँदैन भन्ने सन्देश यस गीतको भाव रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १५:२८