गजल एक काव्य विधा हो । गजल अरबी साहित्य हुँदै फारसी, उर्दू, हिन्दी नेपाली तथा अन्य भाषाहरूमा लेख्दै गएको एक काव्य तथा सांगीतिक विधा पनि हो ।
नेपालमा विक्रम सम्बत १९४० बाट गजल भित्रिएको विद्वाानहरू बताउँछन् । नेपाली गजलको सन्दर्भमा भन्ने हो भने पछिल्लो समय निकै बिकसित रूपमा गजल लेखनमा सुधार सँगै सर्जक तथा पाठकको राम्रै रुचि रहेको देखिन्छ ।
गजल विशेषतः गायनमा अझ नयाँ तथा पुराना गायक गायिकाहरूको रुचि झनै देखिन्छ । गजलको शाब्दिक अर्थ यसरी बुझ्दा झन सजिलो हुन्छ ।
ग+ज+अल= गजल भएको हुन्छ ।
ग=को अर्थ ( स्त्री वा नारी भन्ने बुझिन्छ ।
ज=को अर्थ (वार्ता वा वाणी)
ल=को अर्थ ( साथ, सँगै वा नजिक रहेको बुझिन्छ ।)
गजलको शाब्दिक अर्थ नारीको सौन्दर्य तथा नारीसँगको प्रेममय वार्तालाप नै बुझिन्छ । गजललाई जसरी बुझें पनि गजल एक काव्य विधा नै हो ।
गजल लेख्दा विशेषतः यी तत्वहरू अति आवश्यक हुन्छ ।
क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर
गजलको सुरूवात २/२ पंक्तिबाट हुने गर्दछ । अर्थात् त्यहीँ २ पंक्तिलाई नै गजलको एक शेर भन्ने गरिन्छ । सामान्यतया गजल ५ शेरको हुने गर्दछ । हुन त ३ शेरदेखि माथि जति शेरसम्म गजल लेख्न सकिन्छ । तर, निक्कै छोटो अर्थात ३ शेरदेखि तल र ५ देखिमाथिको गजललाई त्यति राम्रो मानिदैन । तसर्थ ५ शेरको गजल नै उपयुुक्त मानिन्छ ।
गजल लेख्दा सर्वप्रथम ध्यान दिनु पर्ने कुरा काफिया नै हो । गजलमा काफियाको अनिवार्य उपस्थित हुनु पर्ने हुन्छ । काफिया गजलको मुटु हो भने, रदिफ गजलको फोक्सो हो भन्ने बुझिन्छ । काफिया सामान्यतया ४ प्रकारको हुन्छ।
(क) पूर्ण काफिया
(ख) आंशिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
(क) पूर्ण काफिया
पूर्ण काफियामा गजलकारले सिंङ्गो शब्दलाई नै काफियाको रूपमा राखेको छ भने, त्यसलाई पूर्ण काफिया भन्न सकिन्छ । जस्तैः हारेर, टारेर, पारेर, खारेर, सारेर झारेर आदि ।
उदाहरण :
सच्चा भक्त भद्रहरू, यहाँ धेरै हारेर गए ।
खोक्रो भाषण गर्नेहरू, सत्य कुरा टारेर गए ।
गाउँ टोलका मानिसहरू, हुन्छन् धेरै सोझा सिधा !
कुन तन्त्र, कुन मन्त्र, महाजालमा पारेर गए ।
भोका नाङ्गा जनता भए, रोजगारीको अभावमा !
विन्ति पत्र चढाउ भन्दा, दरबन्दी अन्तै सारेर गए ।
आक्रोसको ज्वाला दन्क्यो, आवेशमा सबै आई !
विदेशीले हुकुम चाल्यो, सोझा जति मारेर गए ।
गोली बारूद जताततै भटटट् पड्किन थाले !
आकाशबाट किन होला, बम वर्षा झारेर गए ।
(पूर्णिमा गजल संग्रहबाट दिपक विवश आँँशुको)
(ख) आंशिक काफिया
गजलमा प्रयोग रहेका काफियामा शब्द भित्रको केही अंश मात्र लेखकले काफियाको रूपमा ल्याएको छ भने, त्यस्तो काफियालाई आंशिक काफिया भन्न सकिन्छ ।
जस्तैः रोगी, जोगी, वियोगी, सहयोगी आदि ।
उदाहरण :
तिम्रै यादमा तड्पिएर, क्यान्सरको रोगी भएँ ।
गल्ली–गल्ली भौतारिने बेसहारा झै जोगी भएँ ।
कोही कोहीले सोध्छन् मलाई, केभो उनलाई अचेल ?
मन्द मुस्कान हाँस्दै बोल्दै, भनी दिन्छु वियोगी भएँ ।
कसम खाएँ सधै भरि, यसरी नै बाँच्ने म त !
निधारमा चन्दन धसी, दाह्री पाली योगी भएँ ।
हिजोसम्म त ठिकै थियो, देख्नेहरू छक्क पर्छन् ।
कसलाई के थाहा उनलाई पाउन, फेरि म लोभी भएँ ।
जिन्दगी त सम्झना हो, सम्झे सम्झना अमर हुन्छ ।
दुई चार बर्ष त अझै बाँच्थे, सारथि र सहयोगी भएँ ।
(पूर्णिमा गजल संग्रहबाट दिपक विवश आँशु)
(ग) एकाक्षरी काफिया
एकाक्षरी काफिया भन्नाले के बुझ्नु सकिन्छ भने,काफियाको रूपमा प्रयोग भएको शब्दमा रहेको अन्तिम एक शब्दलाई मात्र मिलान गर्याे भने त्यो शब्दलाई काफियाको रूपमा रहेको हुन्छ ।
जस्तै शीर, जन्जिर, पिर, शरीर,मन्दिर आदि । अन्तिममा सबै ञरीझ सबै ठाउँमा प्रयोग गरेको देखिन्छ । यस्तो गजललाई त्यति उपयुक्त गजलको संज्ञा दिएको पाईदैन ।
उदाहरण :
थाहै नपाई बसन्तमा, शिरिरको हुरी चल्यो
तिमी बिना एक्लो जीवन, बैमानी भुमरी चल्यो ।
फुल सम्झि टिप्न खोजें काँडै काँडा हुँदो रहेछ ।
विश्वासको दियो निभ्यो, मुटु भित्र छुरी चल्यो ।
तिमी पारि म वारि बिचमा खोला किनार भो !
हेर्दा हेर्दै पल भरमै कोसाै हाम्रो दुरी चल्यो ।
एक्लो जीवन बाँच्न गाह्रो, बाँचे पनि साह्रो ।
सहारा नै टुटे पछि बाँच्न पनि मजबुरी चल्यो ।
(घ) मिलित काफिया
पूर्ण काफिया वा आंशिक काफियासँग मेल खाने रूपमा दुई वटा शब्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भनिन्छ ।
जस्तैः
दुखे जस्तो मन भए, मलम अलिक लगाउने गर ।
उजाड मरूभूमीमा तिमी फूलबारी सजाउने गर ।
तिमी भन्छ्यौ भने, तिम्रा लागि ज्यान हाजिर छ ।
सुस्तरी अन्धेरी रातमा मलाई हल्का, जगाउने गर ।
प्यासले छट्पटी हुँदा, गला अबरुद्ध भयो भने,
जवानी भिज्ने अमृत प्याला सुटुक्क मगाउने गर ।
यो दिलको दरबारमा तिमीलाई सधै स्वागत छ ।
सक्छौ भने जति सक्दो डेरा आजै जमाउने गर ।
(दिपक विवश आँशुको डायरीबाट)
गजल विधाको काफियाको जानकारीपछि रदिफको छोटो जानकारी । गजल लेखनमा गजलको माधुर्यता झल्काउन छुट्टै मिठास ल्याउन रदिफको निकै महत्वपूर्ण भूमिका रहने गर्दछ ।
अझ गजललाई साँङ्गितिक रूपमा पस्कन रदिफको ज्यादै महत्त्वपूर्ण भुमिका रहेको हुन्छ । त्यसैले त गजलका विद्धवानहरूले रदिफलाई गजलको फोक्सो भन्ने गरेको पाईन्छ ।
यदि गजल निर्माणमा कतिपय सर्जकहरू रदिफ बिना पनि गजल लेख्न सकिन्छ भन्छन् । तर रदिफ बिनाको गजलमा वाचन गर्दा होस वा साँङ्गितिक रूपमा होस् मिठासमा थोरै अपुग रहेको आभाष हुन्छ । गजलमा रदिफयुक्त गजललाई मुरद्दफ गजल भनिन्छ भने रदिफ बिनाको गजललाई गैरमुरद्दफ गजल भनिन्छ ।
रदिफ बारे थोरै जानकारी
जिन्दगीको यात्रामा, एउटा मेरो साथी थियो ।
उनको विचार लक्ष्य, धेरै–धेरै माथि थियो ।
शेरको २ लाईनमा लेखिको शब्द मिसरा ए–उला र मिसरा ए–सानीमा रहेको साथी र माथी काफिया हो भने, थियो– थियो दोहोेरिएको शब्दलाई नै रदिफ भनिन्छ ।
रदिफ बिनाको गजलको यस्तो हुन्छ ।
शीरमा उनको ढाका टोपी, जिउमा उनको कोट !
कतिञ्जेल सहने अब, दिन रातै नेपालीले चोट ?
मलेसिया र दुबई धाउँछन् साहुकै ऋण तिर्न !
हात्ती बाघको छाप लाग्या, देख्या छैन नोट ?
आज भोलि भन्दा भन्दै, समय त्यसै बित्छ ।
चुनाव आयो भन्दा नेता, माग्न आउछन् भोट ।
सोझा व्यक्ति नेता भए,राता रातमै धनी !
प्रकृतिकै देन होकी ? घेम्पा जस्तै बनोट ?
खोक्रो भाषण गर्नेलाई दिनु हुन्न ठाउँ !
अनुहार हैन व्यवहार हेरि, गर्नु पर्छ छनोट ।
(पूर्णिमा गजल संग्रहबाट दिपक विवश आँशु)
मकता :
गजलको दुई पंक्तिलाई एक शेरको रूपमा गणना हुन्छ भने, शेरको पहिलो पंक्तिलाई मिसरा ए–उला र दोस्रो पंक्तिलाई मिसरा ए-सानी भनिन्छ । मतलाको दुबै मिसरामा काफिया अति आवश्यक रहेको हुन्छ ।
यदि काफिया रहेन भने गजलको शेर मात्र बन्न पुग्छ । यदि गजल मुरद्दफ हो भने, काफियासँगै रदिफको उपस्थिति रहेको हुन्छ । यदि गजल गैरमुरद्दफ हो भने, काफिया मात्र भए पनि मतला भन्न सकिन्छ ।
तर काफियाको उपस्थितिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गजलको अन्तिम शेरलाई मकता भनिन्छ । मकतामा गजलको भाव, शिल्प सम्पूर्ण बयान संगै गजलले भन्न खोजेको विषय सन्दर्भ प्रष्ट हुने गरि लेखिएको अन्तिम शेरलाई मकता भनिन्छ ।
तखल्लुस् :
गजलको अन्तिम शेर वा मकतामा नाम वा उपनाम प्रयोग प्रयोग गरेको छ भने, त्यसलाई तखल्लुस् भनिन्छ ।
जस्तै :
स्थिर जीवन बाँच्न खोज्दा, अनायासै चलाई दियौ ।
विवश आँशु उपनाम तिम्ले किन मलाई दियौ ?
–दिपक विवश आँशु, हाल मलेशिया
नामी साप्ताहिक