काठमाडौ । काठमाण्डौं उपत्यकामा जारी निशेधाज्ञामा किराना पसल बन्द गर्ने विषयमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको छ।
नेपाल चेम्वर अफ कमर्सले एक विज्ञप्ती जारी गरी किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक उपभोग्य बस्तुहरु सुलभ आपुर्ति नहुँदा सर्वसाधारणलाई पर्ने समस्यामा पनि ध्यान पुर्याउनु पर्ने बताईएको छ ।
तोकिएको स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी साविक बमोजिम किराना पसल खोल्ने व्यवस्था गर्न कमर्सले अनुरोध गरेको छ।
यता, उपत्यका प्रशासनले भने किराना पसल खोल्न नपाईने तर खाद्यान्न आवश्यक परे नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८ १४:३६