By-SHYAM SMRIT
काठमाडौं। मिति २०७६ साल पुस २१ गते मलेसियाको क्वालालाम्पुरमा सम्पन्न मिसेस टुरिज्म एम्बेस्डर वर्ल्ड-२०२० को फाइनलमा नेपाली चेली शिलाष्मा हमाल मल्लले उक्त विश्वविख्यात ताज हात पारेको पनि चार बर्ष वितिसकेको छ।
२१ देशका सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलाष्माले मिसेस टुरिज्म एम्बेस्डर वर्ल्ड २०२० को ताज चुमेर विश्वमा नेपाललाई चिनाएकी थिइन्। जुन नेपाल र नेपालीको गौरबता हो।
यो गौरबता कायम गर्न सफल मिसेस टुरिज्म एम्बेस्डर २०२० को समेत विजेता शिलाष्मा हमालको मोहकतामा कुनै कमी आएको छैन्।
विभिन्न सामाजिक कार्यहरुमा पनि हाल अग्रता दिदैआएकी मिसेस हमालको व्यस्तता फेसन तथा मोडलिङ र म्युजिक गीतको भिडियोमा अभिनयमा रहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ २१:१०