By-SHYAM SMRIT
ललितपुर । श्रीस्वस्थानी ब्रतकथा आरम्भका दिनमा जन्मेकी नायिका तथा समाजसेवी जोस्ना फुयाँलले आफ्नो जन्मदिनलाई सार्थक बनाएकी छन् ।
हरेक बर्ष जस्तै यो बर्ष पनि जन्मदिनमा विभिन्न बालआश्रम तथा बृद्धाश्रममा गएर जन्मदिन मनाउने कार्य गरेर थप सार्थकता बनाउने कार्य नायिका फुयाँलवाट भएको हो ।
शुक्रवार श्रीस्वस्थानी ब्रत आरम्भका दिन नायिका फुयाँलले ललितपुर महानगरपालिका वडा नंबर १४ ताल्छीखेल स्थित स्वच्छ नेपाल पुगेर आफ्नो जन्मदिन मनाउने कार्य गरेकी छन् ।
कुनै तडक भडक नगरिकन स्वच्छ नेपालमा आश्रित बालबालिकासंग रमाइलो तरीकाले जन्म दिन मनाउन पाउंदा आफूलाई अत्यन्त आनन्द लागेको प्रतिक्रिया नायिका फुयाँलले दिएकी छन्।
नायिकाभन्दा आफूलाई समाजसेवी भन्न रुचाउने नायिका फुयाँलले स्वच्छ नेपालमा आवद्ध बालबालिकाका लागि आवश्यक खाद्य सामाग्री सहयोग गर्ने कार्य भएको छ ।
जसवाट स्वच्छ नेपालमा आवद्ध बालबालिकाहरुका लागि केही हदसम्म राहत पुगेको स्वच्छ नेपालका अध्यक्ष देवराज तमाटाले बताएका छन् ।
तमाटाका अनुसार, स्वच्छ नेपालमा असहाय अनाथ १९ जना बालबालिकाहरु छन्। उनीहरुको लालनपालन देखि शिक्षादिक्षा दिनेसम्मका कार्य देवराज तमाटा तथा धना लोहार दम्पत्तिले गर्दैआएका छन् ।
यसमा जोस्ना फुयाँल जस्ता धेरै मनकारी मनहरुको सहयोग रहेको कार्यकारी प्रमुख धना लोहारले बताएकी छन्।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ २१:५८