By-SHYAM SMRIT
काठमाडौं। जहाँ आवश्यकता त्यहाँ सेवा नारा बोकेको लायन्स क्लव अफ काठमाडौं फेलोसिपले काठमाडौं सुन्दरीजल नजिक चिसापानी नुवाकोटमा सहयोग गर्ने कार्य भएको छ।

नुवाकोट शिवपुरी–२ छाप स्थित श्रीशान्ति बुद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक सामाग्री सहयोग गर्ने कार्य भएको हो।
लायन्स क्लव अफ काठमाडौं फेलोसिपका बरिष्ठ उपाध्यक्ष राजेश हिमालयको संयोजकत्वमा भएको सहयोग कार्यक्रममा स्कुल ब्याग, शैक्षिक सामाग्री लगायत न्याना कपडा वितरण गर्ने कार्य भएको लायन्स सुशीला श्रेष्ठले वताएकी छन्।

सहयोग वितरण गर्ने कार्यमा इसिएलएफ नेपालकी अध्यक्ष बन्दना श्रेष्ठ, निर्देशक राजाराम महाजुका साथमा लायन सुशीला श्रेष्ठ, बालगोपाल साहुखल, आकाश कक्षपति, राजेन्द्र भट्ट, सुरेश शिवाकोटी लगायतको साथ र सहयोग रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ २२:४८