काठमाडौं। अविवाहिता नायिका दीपाश्री निरौलाको सिंउदोमा सिन्दूर देखिएपछि यतिखेर भारतीय नायिका रेखाजस्तै व्यापक चर्चामा आएकी छन् ।
नायिका निरौलाले चन्द्रागिरीको भालेश्वर महादेव मन्दिरमा त्यहाँका पूजारी विदुर न्यौपानेसंग बसैको फोटो भाइरल बनेपछि व्यापक चर्चामा आएकी हुन्।
भारतीय अविवाहिता नायिका रेखाले महानायक अमिताभ बच्चनको नामको सिन्दूर सिंउदोमा लाएर अझै हिंड्ने गरेको कुरा जस्तै कतै दीपकराज गिरीको नामको सिन्दूर दीपाश्रीलाई आफ्नो सिंउदोमा लाउन पो थालेकी हुन कि भन्न हल्ला खल्ला आउन थालेको छ।
यथार्थमा चलचित्र छक्का पञ्जा ४ को शुटिङको क्रममा दीपा र दीपक भालेश्वर पुगेपछि त्यहाँका पूजारी विदुर न्यौपानेले टिकटक बनाएर भिडियो पोष्ट गरेपछि दीपाको सिउंदोको सिन्दूरले व्यापकता पाएको हो।
उक्त टिकटक भिडियोमा दीपाको सिउँदो सिन्दुरले भरिएको छ । साथै उनी रातो सारीमा सजिएकी छिन् । उनको साथमा दीपक र पूजारी पनि छन् ।
यस्तो भिडियो सामाजिक सञ्जालमा भाएपछि धेरैले कुराको विषय बनाएका छन् भने कतिले फिल्मको छायांकन भनेका छन् । यथार्थका विषयमा दीपक र दीपा दुवै चुप छन्। संभवत चलचित्र छक्का–पञ्जा ४ चलेपछि यो विषयको पर्दाफास हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ ११:३५