भक्तपुर । ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ माघ ७ गते मध्यपुर थिमी नगरपालिका-२ पोखरी भक्तपुरमा हुने भएको छ ।
कला र संस्कृतिले मात्र हामी हाम्रो राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न सक्छौ भने भक्तपुर जिल्ला आफैमा कला र संस्कृतिले भरिपूर्ण भएको ऐतिहासिक सहर हो ।
हाम्रो मौलिक भेष भुषा कला संस्कृतिको माध्यमले देशलाई समृद्ध बनाउन साथै कला संस्कृति र गीतसंगीतको समिश्रणले अझ हाम्रो पहिचानलाई गर्विलो बनाउन सकिन्छ भन्ने उदेश्यले गरिदैं आएको एपिक नेपाल म्युजिक अवार्डलाइ सूर्यबिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका-४ को सहकार्य रहेको छ ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूलनारा सहितको यस अवार्ड कार्यक्रम सांगीतिक क्षेत्रमा महोत्सवको रुपमा हेरिन थालिएको छ । सम्भबत नेपालको नै पहिलो र फरक अनि भब्य म्यूजिक अवार्डको रुपमा लिन सकिने बिज्ञहरु बताउँछन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्डमा नेपालका प्रतिष्ठित कलाकार, पत्रकार, समाजसेवीदेखि राजनैतिक नेताहरुको उपस्थिति रहने आयोजक संस्थाकी महासचिव बबिता श्रेष्ठ बताइन् ।
अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित महानायक सम्मान प्रदान गरिने भएकाे छ ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ १६:५९