काठमाडौं । यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज दुर्घटनामा परेको छ ।
काठमाडौंबाट ६८ यात्रु बोकेर पोखराका लागि उडेको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।
जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती जहाज दुर्घटना भएको जनाइएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जहाज दुर्घटनामा परेको पुष्टि गरे । यद्यपी, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राखिएको समेत उनले बताए।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ ११:४६