काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले देशव्यापीरुपमा कार्यकर्तासंग छलफल थालेको छ।
कोरोनाभाइरस (कोभिड-१९) को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय पार्टी अध्यक्ष कमल थापा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठक गरिरहेको हो ।
बैठकमा कोरोनाभाइरस (कोभिड-१९) को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनामक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल गरिएको छ।
अध्यक्ष थापाले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनको निमित्त क्रियाशिल हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ।
अध्यक्ष थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद अहिलेको डरलाग्दो समस्या भएको भन्दै मुलुकलाई समृद्धिको दिशामा लैजानको निमित्त राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र सम्भव हुने दावी गरेका छन्।
भर्चुअल बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७ २१:००