काठमाडौ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिक देखिसामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।
उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई सुदूर पश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशकै एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाको पछिल्लौ विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस रहेको छ भने आज सबैभन्दा कम जिरीेको न्यूनतम तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ ०८:०३