काठमाडौ । डिएचआई र श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङ लिमिटेडबीच एक सम्झ्यौता-पत्रमा हस्ताक्षर भएको छ।
डिएचआईले ताइवानका श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङ लिमिटेड कम्पनीलाई आफ्नो टेक्नोलोजी पार्टनरको रुपमा रहनेगरी सम्झ्यौता-पत्रमा हस्ताक्षर गरेको हो ।
पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको म्ज्ष् ले छोटो समयमा नै नेपाली ग्राहकहरुमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
नेपाली वजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।
पछिल्लो समय नेपालमा आफ्नो व्यावसायलाई विस्तार गरेसँगै गुणस्तरिय विद्युतिय उपकरण उत्पादन र विक्रि वितरण गर्नको लागि श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङ लिमिटेडलाई टेक्नोलोजी पार्टनरको रुपमा भित्र्याउन डिएचआई सफल भएको छ।
यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी नेपालमा विद्युतिय उपकरण निर्माणको गतिलाई अझ तिव्रत्तर रुपमा विकास गर्ने विश्वास कम्पनीले लिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ २०:२८