कास्की । सरस्वती पुजाको अवसरमा तराई बिध्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले यही माघ १२ गते सांस्कृतिक मेला-२०७९ आयोजना गरेको छ ।
उक्त सांस्कृतिक मेला-२०७९ मा नेपालका चर्चित हास्यकलाकार संदीप क्षेत्रीको दमदार कला प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सांस्कृतिक मेलाका पूर्वकार्यक्रमहरु पौषको तेस्रो हप्तादेखि अयोजना शुरू भईसकेको छ भने माघ १२ गते सरस्वती पूजाको दिन समापन गरिने भएको छ ।
पोखरा विश्वविद्यालयको इतिहासमै पहिलो पटक हुन गइरहेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोग रहनुको साथै हास्न सबै तयार हुन एक भिडियोमार्फत कलाकार संदीप छेत्रीले हारर्दिक अपील गरेका छन्।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ २१:३६