मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशका मुख्य न्यायाधिवक्त्तामा गजेन्द्र आचार्यलाई नियुक्त्त गरेको छ ।
प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा (२) वमोजिम नियुक्त्त गरेको हो ।
नव नियुक्त्त मुख्यन्यायाधिवक्त्ता आचार्यलाई आजै उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएको हो ।
सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ्ग, मुख्यमन्त्री कार्की,प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १७:००