काठमाडौं । लिच्छवीकालिन नगर आलामपुर हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट स्थित समुदायको अग्रणी सहकारी संस्था सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क आँखा तथा दाँतको उपचार शिविर संपन्न भएको छ। शहीद दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी बचत तथा ऋण सहकारी संस्थाले समुदायमा आधारित उक्त स्वास्थ्य शिविर संपन्न गरेको हो।
संस्थाका बित्त प्रमुख रमेशकुमार श्रेष्ठका अनु्सार, शिविर लायन्स क्लव अफ रामेछापको सहयोग तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ओम समाज डेण्टल हस्पिटल चावहिलको प्राविधिक सहयोगमा आयोजित शिविरमा आँखा र दाँत दुवैमा गरेर ३ सय ८ जना लाभान्वित बनेका थिए।
त्यसमध्ये, २६ जनाको मोतिया विन्दुको सफल शल्यक्रिया पनि गरिएको थियो। आयोजक सहयोगी सहकारीका अध्यक्ष रामेश्वर श्रेष्ठले सहयोगीले यसप्रकारका सदा सहयोगात्मक कार्य गर्दैआएको बताएका छन्।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ २०:३७