नवलपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले व्यवसायिक कृषकहरुका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएको छ ।
कृषकहरुले उत्पादन गरेका तरकारीजन्य पदार्थहरुको उचित मूल्य र बजारीकरणका लागि सरकारले लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएको हो ।
राष्ट्रिय समचार समितिसँग कुराकानी गर्दै मन्त्री साहले लाइसेन्स वितरणका लागि सबैले सरकारलाई सहयोग गर्नुपर्ने बताए । कृषकहरु अन्यायमा परेका भन्दै मन्त्री साहले उनीहरुको समस्यामा आफू साथमै रहेको बताउँदै कृषकहरु अन्यायमा परेका भन्दै उनीहरुलाई न्याय दिलाए ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ १९:५४