तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर निवासी रिता रिजालको घरभित्रै सडकको धुलो पस्छ ।
घरभित्र पर्ने धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा समस्या बनाउने गर्छ ।घोराही-तुलसीपुर चारलेन निर्माण कार्य अस्त ब्यस्त हुँदो सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्या बनाउने गरेको छ ।
काम गर्दा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलैधुलो हुने, विहान सफा गरेको छत साँझमा धुलैधुलो हुने समस्या हुन्छ । शरिरमा माटै माटो, मुखमा हातले छुँदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको बताए ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ २०:२०