काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ५७ अङ्कले उकालो लागेर २ हजार १ सय दशमलव ६५ मा पुगेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ७६ अङ्कले उकालो लागेर ४ सय २ दशमलव शून्य एकमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ३९ लाख २२ हजार २ सय १६ कित्ता शेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६ सय ४५ मूल्यमा कारोबार भयो। कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो ।
यस्तै युनिभर्सल पावर कम्पनी र ५ करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ८९ लाख ६० हजार ९ सय ३२, हिमालयन डिस्टिलरी ४ करोड ७७ लाख ७ हजार ५ सय १ र आशा लघुवित्त ४ करोड ३ लाख ७३ हजार ९ सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ५ दशमलव ५१, युनिभर्सल पावर ४ दशमलव ९९, सिभिल लघुवित्त ४ दशमलव शून्य ५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ८४ प्रतिशतले कमाएका छन् ।
यस्तै लक्ष्मी बैंकको ऋणपत्र ९ दशमलव ५८, बाराही हाइड्रोपावर ४ दशमलव ६७, मिथिला लघुवित्त ३ दशमलव ८५, ग्लोबल आइएमई व्यालेन्स फण्ड १३ दशमलव ७५ र आरबिबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १९:४६