काठमाडौ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
माघ १७ गतेदेखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरेको हो।
सात दिनसम्म चलेको तालिममा सहभागीहरुलाई प्रशिक्षकहरु हिमाल दाहाल, संजय महर्जन, खेलविज्ञ रिता प्रजापती, राजेन्द्र तुलाधर र फिजियो लक्ष्मण अधिकारीले विविध विषयको प्रशिक्षण प्रदान गरेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ २०:३८