कवि रोइरहेको यो पल
कविता कति रोला ?
मेरो माटोको भविष्य
अव के होला ?
न आकाशले बताउँन सक्छ
न धर्ती न पातालले
माटो मेरो
मेरै जस्तो लाग्दैन
यो पीडा
मनबाट भाग्दै भाग्दैन
आफन्तहरु पराई भए
पराइहरु आफन्त
को नजिक, को टाढा
पत्तै भएन
कसलाई आफ्नो भनुँ
कसलाई अरुको
छुट्ट्याउन गार्हो भो
नौनी जस्तो मेरो देश
फलाम जस्तै सार्हो भो ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १९:४६