काठमाडौ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४ सय ७ खानीलाई उत्खनन् तथा खोजतलासका लागि अनुमति दिएको छ।
खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४ सय ७ खानी उत्खनन् तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो ।
त्यसमध्ये १४९ लाई उत्खनन् र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो। उत्खननतर्फ कोइला १०, आइरन २, काइनाइट ८, लिड ३, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट १, मार्बल २, क्वार्ज ४, रातोमाटो ५, टल्क धातु १२, टुर्मालिन ८, जिङ्क १ र डोलोमाइट २ लगायत छन् ।
यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम २, तामा ३, डोलोमाइट ९, सुन २, ग्रेनाइट २, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन ४, क्वार्ज २, टल्क ५ कम्पनीलाई अनुमति दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७ २१:४४