चितवन । चितवनमा कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि सुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा लिको आयोजनामा पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना गरिएको हो ।
प्रर्दशनी २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा सञ्चालन हुनेछ । आज एक कार्यक्रमका विच कृषिमन्त्री ज्वालाकुमारी शाहले उद्घाटन गरेका हुन् । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन् ।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।
उक्त प्रर्दशनीमा देशभरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १८:४१