अदृष्य प्रहारले
नेपथ्यको आहारले
लखेटेर मन दुखेको
शरीर सुकेको क्षण
आँशु नबगी
बनेको समुद्र
म भित्र काहालिएर
सृजित छालहरु
हरेक पलका हालहरु
विसाउन चौतारी हराएको
केवल दैवले मात्र
मन पराएको
म
समाजबाट एक्ल्याउनेहरुको
शिकार हुँदै
न मृत्यु न जीवन
पाएर
जल्न पनि नसकि
फल्न पनि नसकि
आज सडकका किनार
किनारका सडकमाझ
हल्लै हल्लाले थिचिएको
विना सित्तिमा
पाङ्ग्रै पाङ्ग्राले किचिएको
यत्रो ठूलो संसारमा
फगत एक्लो
म
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ २०:००