काठमाडौ । मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत् छात्रा सालु अग्रवालले सिए नतिजामा बोर्ड प्रथम भइ उपाधी चुमेकी छन्।
साेही एकेडेमीकी छात्रा सालुले हालै प्रकाशित नतिजामा देशैभरीबाट लिइने सिए परिक्षामा बोर्ड प्रथम भइ सिए उपाधी हासिल गरेकी हुन्।
मोफसलमा रहेर पनि देशैभरका विद्यार्थीहरुको चार्टर्ड एकाउन्टेन्सी सिए शिक्षामा पहिलो रोजाईमा पर्ने मेरील्याण्ड करिएर एकेडेमीले संस्थाको बिगतको अग्रतालाई कायम राख्दै डिसेम्वर २०२२ मा सञ्चालित सिए कोर्षको परिक्षाको नतिजामा पुन गोल्ड मेडल चुम्न सफल भएको हो ।
विगतको परिक्षाफललाई हेर्दा उक्त एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरु सिए यूवराज उप्रेती क्याप टु र क्याप थ्रि तहमा बोर्ड दोश्रो, प्रनशा श्रेष्ठ क्याप टु तहमा बोर्ड प्रथम, अंकित राय क्याप वान तहमा बोर्ड दोश्रो यसैगरी अन्य धेरै विद्यार्थीहरु आइक्यान बोर्डको नतिजामा टप टेनभित्र पटक-पटक पर्न सफल भएका छन् ।
यसपटकको परीक्षामा तिनै तहमा कुल ४६ जनाले सिएको बिभिन्न तहको परीक्षा उतिर्ण गरेको संस्थाका कार्यक्रम निर्देशक सिए किन्जल पोखरेलले नामीन्यूज डटकमलाई जानकारी दिए ।
मेरील्याण्ड करिएर एकेडेमीलाई देशकै एउटा नमुना सिए एकेडेमीको रुपमा सञ्चालन गर्दै दक्ष चार्टर्ड एकाउण्टेन्टहरु उत्पादन गरी राज्यलाई टेवा पुर्याउँदै जाने एकेडेमीका अध्यक्ष डा मोहन कुमार सुवेदीले बताए।
विगत एक दशकदेखि प्रदेश-१ को बिराटनगरमा चार्टर्ड एकाउन्टेन्सी सञ्चालन गर्दै आएको पहिलो र एकमात्र संस्था हाे।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ ११:१८