काठमाडौ । नेपाल र्याफ्टिङ्ग क्यानोई¨ संघले वार्षिक कार्यक्रम अनुसार ११औं राष्ट्रिय कायक स्लालम प्रतियोगिता तथा ७औं राष्ट्रिय र्याफ्टिङ्ग प्रतियोगिता हुने भएकाे छ ।
सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा यही फागुण ९ गतेदेखि ११ गतेसम्म ११औं राष्ट्रिय कायक स्लालम प्रतियोगिता तथा ७औं राष्ट्रिय र्याफ्टिङ्ग प्रतियोगिताको आयोजना गर्ने भएको हाे ।
संघका महासचिव सुदिपराज गौतमका अनुसार ३ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभागीय टिमहरु जनपद प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी टिमका साथै देशका विभिन्न र्याफ्टिङ्ग कम्पनीहरु तथा क्लबका खेलाडी गरि १५ टिम सहभागी हुनेछन् ।
वल्र्ड र्याफ्टिङ्ग फेडेरेशन एशियाका अध्यक्षको उपस्थितिमा ¥याफ्टिङ्ग प्रतियोगिता हुने भएको हो । तीन दिनसम्म सञ्चालन उक्त प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तिगत खेल हो भने र्याफ्टिङ्ग खेल समुहगत खेल हो ।
र्याफ्टिङ्ग खेलमा चार विधाका खेल खेलाईन्छ । जसमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्टहरु सञ्चालन गरिनेछ । जसमा महिला/पुरुष टिम बिच प्रतिस्पर्धा हुनेछ ।
सात खेलाडीको टिम रहने र्याफ्टिङ्ग खेलमा विजयीलाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ । बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा आयोजना हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पीक कमीटी, माउन्टेन स्पोर्टस फेडेरेशन, हिमालयन रीभर गाईड एशोसियशन तथा नेपाल एशोसियशन अफ र्याफ्टिङ्ग एजेन्सीज को सहयोग रहनेछ ।
संघका अनुसार मङ्गलबारदेखि शुरु हुने खेलका लागि नदीमा अब्स्ट्र्याकल गेटको सर्वेक्षण, सुरक्षा तथा सम्पूर्ण प्राविधिक कार्यका साथै प्रतियोगीताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९ १९:२३