वसन्तका पालुवा
पवनले चुमे झैँ
जोडि पन्छि स्वच्छन्द
आकाशमा हावाको
गतिमा झुमे झैँ
तिमी पालुवाका
मुना जस्तै
कोमल बनिदेउ ।
म निर्मम हुरि बनी
चुमिरहन्छु हरदम
तिमीलाई ।
चरि बनी निर्धक्क
उडिदेउ
मेरो यो मनको
आकाशमा
झुमिरहन्छु म सधैं
उज्यालो तिम्रो
मुहारको प्रकाशमा ।
हावाको गति सँगै
पालुवाहरुले झुत
खेले सरि,
पाए हुन्थ्यो
तिमी र म
त्यस्तै गरि खेल्न ।
यि वसन्तका निर्लज्ज
पालुवाहरु लाडिएर
पवनको चालमा
जिस्किएको देख्दा
तिम्रो र मेरो जवानीकाे दिन
ताजा भएर आउँछ ।
- निराज सिग्देल
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९ १४:१२