मेरो देशमा त झन,
राजनीति लाजनीति
बनिराथ्यो
एउटा योद्दा त्यहि बेथिति,
सुधार्छु पक्कै भनिराथ्यो
टप्प टिपीस्, डङ्रङ्गै
ढलाइस, के पाइस् तैले
देश रुंदै श्रंदान्जली दिइराछ,
दिनू थियो तंलाई पहिले
कहिल्यै हिंसा, द्वन्द अनि
भ्रष्टाचारलाई अङगालेन
अहं पटक्कै देशप्रति कहिल्यै,
कूण्ठाभाव सङ्गालेन
युवाबिच ढुकढुकी बनी,
भन्थ्यो फेर्नूछ देशको
काँचुली युवाले
सारा यूवालाई निशब्द
बनाइस्, हैन तेरो अन्त्यष्टि
कहिले?
विद्यार्थी, शिक्षक, अनेक
पेशावानलाई उर्जा
बनिराख्थ्यो
नयाँ मोडमा लागौँ भन्दै,
गोष्ठी, सेमिनार डाक्थ्यो
विल्कुलै फरक थियो शैली,
देखि सहिनस् तैंले
देशको सुन्दर रत्न लूटिस
पापी, तं लूटिने कैले?
किन बन्छस् यति कठोर
अझै उसैगरी,
सकेन खै तह लगाउन,
विश्वले तंलाई कसैगरी,
दूनिंयाँलाई तड्पाउदै मार्दै,
रमाउंदै छस् अहिले
सधैं हाम्लाई मात्र किन,
तंलाई च्क्ष्ए लेख्नू कहिले?
कतिका अभिभावक
लूटिस्, अनि टुहुरो बनाइस्
कतिको कलिलो मुना टिपी,
ज्युनु न मर्नु तुल्याइस्
कतिको आशाका त्यान्द्रा
चूँडाई, घर न घाटमा छोडिस्
तँ आफैं हो के मर्नुपर्ने, न
मरिस् न मार्न छोडिस्
-अजय भुसाल
स्याङ्जा
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ ०९:५९