नेपालको वर्तमान राजनीति कतिखेर के हुने हो भन्ने कुराको नै टुंगो हुन छाडे्ेको छ । जसको कारण कतिबेर के हुन्छ भन्ने अनुमान लगाउन नसकिने भएको हो । राजनीति आफैँ तरल नभइकन असंवेदनशील र असहिष्णु राजनीतिक स्वभावले भएको हो।
केही महिनाअघि संपन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैको एकल वहुमत नआएको कारण यो अवस्थालाई अझ पुट मिलेको छ । अर्कोतर्फ राजनीतिक दूरदृष्टि राख्न सक्दा र आपसमा राजनीतिक सहिष्णुता नहुदा तरल राजनीतिमा थप बल मिलेको छ । राजनीतिलाई तरल हुनबाट जोगाउन सक्ने नेतृत्वको खाँचो छ ।
पुस १० गते आएको राजनीतिक तरलताले नसोचेको जुन मोड आयो । त्यो समिकरण जुन लयमा राजनीति जानुपथ्र्यो, त्यस्तो भएन । समीकरण परिवर्तन हुदा राजनीतिको कोर्स परिवर्तन हुने र तत्काललाई एकअर्कालाई देखाउने प्रवृत्तिले नयाँ सरकार बनेको दुई महिनामा नै फेरि अर्को समीकरण भएपछि नेपाली राजनीतिको भविष्यमा प्रश्न नै प्रश्न चिन्ह खडा हुन पुगेको छ।
२०७९ सालको स्थानीय र आम निर्वाचनमा देखिएको कसिलो भनिएको गठबन्धन, करिब पन्ध्रवर्षसम्म जाने समीकरण त छिनमै भत्कियो र नयाँ समीकरण तयार भयो । नेकपा एमालेको सहितको सात दलीय गठबन्धन दुई महिना पनि टिकेन।
प्रधानमन्त्री प्रचण्ड र सभामुखमा देवराज घिमिरेको निर्वाचनले पनि त्यो समीकरण टिक्न सकेन । राष्ट्रपतिको निर्वाचनसम्म आउँदा मुलुकले राष्ट्रिय सहमतिको माग गरेको देखियो । अर्थात् दलहरुमा मुलुकको आवश्यकताको विश्लेषण गरेर भन्दा तत्कालका लागि शक्ति बाँडफाँटको हिसाबले क्षणिक आधारमा शक्ति बाँडफाँटको काम भयो ।
जसवाट नेपाली जनता हेरेको हे¥यै हुनुपर्ने अवस्था आएको छ । नपत्याउंदो तरीकाले फेरबदलको राजनीति भएको छ। नागपास खेल जस्तै नेपाली राजनीति बन्न पुगेको छ । कहिले ९९ मा पुगेको राजनीति एकैचोटी शुन्यमा झर्ने खेलजस्तो बनेको नेपाली राजनीतिको यो तरलताले सवैलाई तीन छक्क अठार दंग पारेको छ ।
यतिखेरको नेपाली राजनीतिले पुरानो क्षणिक समीकरणले कोर्स करेक्सन गरेको छ जसले महत्वपूर्ण दलहरु एकै ठाउँमा जम्मा हुने अवस्था सृजना भएको छ ।
यसै पनि राष्ट्रपति पद विवादका कारणले सृजना गरिनु हुँदैन भन्ने कुरामा प्रधानमन्त्री प्रचण्डले बारम्बार भनेको सुनियो र त्यसमा नेपाली कांग्रेसले समर्थन गरेको हो । सम्मानित राष्ट्रपतिको पदको निर्वाचनमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङ्ग दौडमा छन्।
रामचन्द्र पौडेललाई नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन देखिन्छ ।
त्यस्तै, सुवासचन्द्र नेम्बाङ्गलाई नेकपा एमालेको समर्थन देखिन्छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाटै बाहिरिएका छन् ।
त्यसो त राप्रपाको सिद्धान्तको विवादले प्रधानमन्त्री राप्रपालाई या त सच्चिन या त सरकारबाट बाहिरिन भन्नै अवस्थामा हुुनुहुन्थ्यो भन्ने बुझ्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ।
सम्भवतः राप्रपा र रास्वपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नसक्ने पनि देखिन्छ । राप्रपा र रास्वपाको लय नेकपा एमालेसँग बढी मिलेको देखिएतापनि राष्ट्रपति निर्वाचनले यी दुई पार्टीलाई पनि कहाँ पुर्याउने हो ? त्यो निश्चित भएको छैन्।
तरल राजनीतिले ल्याएको यो उठलपुथल अवस्थाले स्थिरतामा ल्याउन सक्ने सबल राजनीतिक नेतृत्वको खाँचो आवश्यक छ । सवैले विश्वास गर्न मिल्ने अनि सक्ने नेतृत्वको चमत्कारिक पदार्पण यो तरल राजनीतिमा नै देखिनु जरुरी भैसकेको छ।