कठमाडौ । शहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेको भरतपुर महानगरपलिका-११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई महालक्ष्मी विकास बैंकले कोभिड जोखिम नियन्त्रण सामग्रीहरु सहयोग गरेको छ ।
बैंकले स्थानीय बासिन्दाहरुलाई कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो।
वितरित उक्त स्वास्थ्य सामग्रीहरु महालक्ष्मी विकास बैंक नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमकाबिच भरतपुर महानगरपलिका-११ का वडासदस्य चिन्तामणी लम्साल र गणेशस्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दाहरुलाई मास्क, स्यानीटाईजर लगायत स्वास्थ्य सामग्री वितरण गरी सामाजिक उत्तरदायित्व पूरा गरेकोप्रति बडो खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
बैंकले यस विषम परिस्थितिमा पनि सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न समेत अनुरोध गरेको छ ।
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका सामाजिक कार्यहरु विभिन्न क्षेत्र, समय र स्थानहरुमा निरन्तर गर्दै आइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ १४:१५