अमेरिका जाने अनुहारहरु
अफ्रिका जाने दनुवारहरु
बाटो नाप्दै
नेपाल हाप्दै
मनमनै पैसा छाप्दै
तयार छन् लम्कन
पराईको माटोमा चम्कन
हतासिएका
बतासिएका
तनहरु
निष्ठुरी मनहरु
कहिले हाम्रै मात्र होलान्
सगरमाथालाई छोलान्
नाम्चे बजारमा
माया मिसाएर
आफ्नै माटोमा
आफूलाई विसाएर
दुखी होलिन्
आमा रोलिन्
आँशु लाग्ला
ए बटुवा !
यो ज्ञान तिमीमा
कहिले जाग्ला ?
मीठो दालभात यहि खाउ
पिज्जालाई प्रेम गर्न साटो
बटुवा ! छोडिदेउ अब हिँड्न
विराएको बाटो
कोही आउ बताउ
गरी उन्नति जगतमै
प्यारो हुन्छ आफ्नै माटो ।
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९ १०:३५