काठमाडौ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो ।
नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार १ सय ४० कित्ता शेयर ३६ हजार २ सय ८० पटक खरिद बिक्री हुँदा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३८ दशमलव २० र निर्जीवन बीमा समूहको उपसूचक एक सय १९ दशमलव १२ अङ्कले घटेको छ ।
बैंकिङ समूह २२ दशमलव ५३, विकास बैंक समूह ५२ दशमलव १३, वित्त समूह २८ दशमलव ७८ र होटल तथा पर्यटन समूह ३१ दशमलव ३३ अङ्कले घटेको छ ।
त्यसैगरी जलविद्युत् समूह ३८ दशमलव ०७, लगानी समूह १ दशमलव ५, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८६, लघुवित्त समूह ३० दशमलव ६५, म्युचुअल फन्ड ० दशमलव ६, व्यापार समूह २४ दशमलव ८७ र अन्य समूह ८ दशमलव ८१ अङ्कले घटेको छ ।
आज २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९८ अङ्कले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर-२०८३ को शेयर मूल्य ६ दशमलव ५५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ८ करोड २१ लाख ५८ हजार ९ सय ४३ बराबरको १ लाख ८१ हजार २ सय ३४ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १६:३७