काठमाडौ । नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिएका हुन्।
सचिव तामाङका अनुसार बैठक बारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो। बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८ १५:१८