- युवराज कार्की (सन्ताेष)
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा उदयपुर जिल्लाका प्रतिष्ठित उद्योगी तथा व्यवसायी प्रयास कार्कीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
यहि चैत २८ र २९ गते काठमाडौमा हुन गइरहेको महासंघको चुनावमा कार्कीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेको हो । कार्की उद्योग वाणिज्य संघ उदयपुरका पूर्व महासचिव समेत हुन् ।
उदयपुरका प्रतिष्ठित उद्योगी तथा व्यवसायीको रुपमा चिरपरिचित कार्कीले लामो समयदेखि उदयपुरको कटारीबाट उद्योग व्यवसाय सञ्चालन गर्दै आएको छ ।
नेपाल ट्रेडिङ एण्ड हार्डवेयर प्रा लिका सञ्चालक कार्की पछिल्लो वर्षहरुमा सगरमाथा अञ्चलकै उत्कृष्ट करदाताका रुपमा पटक-पटक पुरस्कृत भइसकेका सफल व्यवसायी हुन् ।
स्वच्छ छवि भएका व्यवसायमा समेत अब्बल र इमान्दार कार्की आफू केन्द्रिय सदस्यमा निर्वाचित भएमा साना तथा मझौला उद्योगी तथा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै उनीहरुको हकहितको पक्षमा काम गर्ने अठोट रहेको बताएका छन्।
केन्द्रिय सदस्य पदका उम्मेदवार कार्की यतिवेला आफ्ना एजेण्डासहित देश दौडाहामा निस्किएका छन् । उम्मेद्वार कार्कीलाई लाई जिल्लादेखि नगरका अध्यक्ष लगायत सबै मतदाताहरुले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ०८:३२