समाजमा लुकेका वा लुकाउन खोजिएका घटनालाई अध्ययन, खोज वा अनुसन्धान गरी जनमानसमा ल्याउने बिधि वा प्रकृयालाई नै सामान्यतः खोज पत्रकारिता भनिन्छ ।
खोज पत्रकारिताको नेपाली समाजमा अभाव प्रष्टै देखिन्छ तर चलनचल्तीको पुरातन शैली भने चमत्कारिक रुपमा प्रगाढ भएको छ ।
यसको विश्वव्यापी इतिहास भने १५५० तिर बाट बिकशित भएको पाईन्छ भने १९औं शताब्दी पछि विश्वब्यापी रुपमा यसको चर्चा हुन थालेको थियो ।
केही पुर्वीय पत्रकार तथा दर्शन शास्त्रीको भनाईलाई सापट लिने हो भने उनीहरु पुर्वीय हिन्दु ग्रन्थका केही पुस्तकमा उल्लेख पात्र नारद र महाभारतका एक पात्र सञ्जयलाई पनि पत्रकार वा पत्रकारिताको प्रारम्भताको संकेतको रुपमा चर्चा गर्ने गरेको पाइन्छ ।
जे होस् पत्रकारिता भने १९ औं शताब्दीपछि प्रखर रुपमा विकसित भएको जगजाहेर नै छ । रेडियो लगायतका सूचना जगत भने १९३० को दशकपछि क्रमिक विकास भएका हुन् ।
नेपालमा भने पत्रकारिताको आरम्भतालाई सामाजिक र राजनीतिक परिवर्तनसँग दाँजेर विश्लेषण गर्ने गरेको पाईन्छ। कटुवाल प्रचलन, शंङख फुक्नु, झ्याली दमाहा पिट्ने लगायतका परम्परालाई नै सूचना प्रवाहको माध्यम भएको जिकिर गर्दे पत्रकारिताको प्रारम्भता स्वीकार गरेको पाईन्छ ।
तर लेखोट, अभिलेख, सङ्कलित कागजातका आधारमा १९०३ पछिको समयलाई पत्रकारिताको जग निर्माण समयको रुपमा मानिएको छ भने सन १९५० पछिको समयलाई पत्रकारिताको उन्नत समय मानिएको छ भने २०४६ पछिको समयलाई स्वर्णिम पत्रकारिता काल भन्न सकिन्छ । पत्रकारिताको मुल मर्म र धर्म भनेको वाचडगको रुपमा रहने मात्र होइन सहि सूचना प्रवाह पनि हो ।
पत्रकारिता क्षेत्र पनि अन्य अनुसन्धान पद्धति जस्तै विश्लेष्णात्मक, व्याख्यात्मक, संस्लेष्णात्मक र सम्प्रेष्णात्मक नै हुन्छ । कुनै विषयवस्तु वा घटनाको गहन अध्ययन पश्चात सहि सुचना र परिणाम पाठक वर्गसम्म पुर्याउनु नै वास्तवमा पत्रकारिता अथवा खोज पत्रकारिता हो ।
पछिल्लो आधुनिक र विज्ञानयुक्त समाजमा अपुष्ट, उत्तेजित, उच्छिङ्खल, अमर्यादित सुचना वा समाचार सम्प्रेषणले पनि पाठक, श्रोता र आममानिसमा पत्रकारिताप्रति वितृष्णा पैदा गरेको छ ।
नेपालको वर्तमान संबिधानले पत्रकारिता जगतलाई चौथो अंगको रुपमा व्याख्या गरेतापनि व्यावहारमा श्रमजीवी पत्रकारमाथि न्याय हुन सकेको छैन । बन्दुकले मुल्य पाएको मुलुकमा श्रमजीवी पत्रकारले उचित मर्यादा र मुल्य नपाउनु हास्यास्पद विषय नै हो।
विज्ञान र प्रविधिको पहुँच सँगै पत्रकारिता क्षेत्रमा अत्याधुनिक उपकरणहरु प्रयोगमा आएका छन् जसले सुचना प्रवाह गर्नका लागि सहजता निर्माण गरेको त छँदै छ यस सँग सँगै थुप्रै चुनौती पनि थपिएका छन् ।
खास गरी सामाजिक सञ्जाल, युट्युव, फेसबुक ट्वीटर लगायत इन्टरनेट लगायतका क्षेत्र पनि समाचारको अंश बनेका छन् यसले समाचारको वैधानिकता माथि संसय उत्पन्न गरेको छ ।
अनुगमन वा निरुपण गर्ने निकायले प्रेस स्वतन्त्रताको नाममा अपुष्ट र अफवाहरुपी विषयवस्तुलाई हस्तक्षेप गर्ने प्रयास पनि गरेको पाइदैन जसले पत्रकारिता क्षेत्रको न्यायिकतामा प्रश्न खडा गरेको छ ।
विज्ञान प्रविधि तथा सूचना मन्त्रालय, नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल लगायतका जिम्मेवार निकाय नीतिगत तथा वस्तुगत तहमा चुकिरहेका छन् ।
बहुदलीय व्यबस्थाको पुनर्उदयसँंगै मुर्झिएको पत्रकारिता क्षेत्र बिगत केही समयदेखि धमिलिएको छ । विश्वसनियता र जवाफदेहितामा पत्रकार बन्धुहरु पनि चुकेका छन् जसका कारण पत्रकारिताको प्रतिमान माथि नै खतरा उत्पन्न भएको छ ।
यसले उन्नत लोकतन्त्रमा र अग्रगामी भनिएको संविधानमा आघात पुर्याउन सक्दछ । पत्रकारिता क्षेत्र सेवामुखी बन्नु पर्नेमा पेवामुखी बनिरहेको छ । टि.आर.पि र रकम कमाउने नाममा पत्रकारिता क्षेत्रलाई केही नव धमिरामुखी पत्रकारले बदनाम गराईरहेका छन् ।
व्यावसायिक पत्रकारिता ठिकै मान्नुपर्छ तर पेशामा निष्पक्षता कति छ भन्ने अहम विषय हो । दलीयकरण, राजनीतिकरण पत्रकारिताको सबैभन्दा विवादास्पद परिस्थिति बनेको छ ।
दलगत स्वार्थका लागि पत्रकार उपभोग भएका छन् यसलाई पत्रकारिता भित्रको न्याय र निष्पक्षतालाई बदनाम गर्ने काम गरेको छ । अखबार, रेडियो, टेलिभिजनमा प्रशारण हुने समाचारले समाजको एकता निर्माणको साटो समाज विभाजनको मार्गलाई प्रशयता प्रदान गरेको छ ।
सम्पादन र सम्पादकबिच दुरी निर्माण भएको छ जसका कारण सहि सूचना लुकाइने र गलत सूचनालाई पक्षपोषण गर्ने काम पनि नभएका होइनन्।
कलेज, विश्वविद्यालयबाट पत्रकारिताको प्रमाणपत्र प्राप्त गरेका क्षमतावान व्यक्तिलाई अवसर दिइएको छैन र विदेश पलायन हुन बाध्य छन्। यसमा सरकार, राज्य, पत्रकार महासंघ, प्रेस कउन्सिल यस मातहतका पत्रकार तथा संचारकर्मी एक जुट हुन आवस्यक छ ।
पत्रकारिता सम्बन्धी विश्वविद्यालयको अबधारणा अघि सार्नु पर्छ । पत्रकारिता क्षेत्रलाई सभ्य मर्यादित र अनुसासित बनाउनु पर्दछ । कलमको मूल्य हरेक पत्रकारले प्राप्त गर्नुपर्दछ ।
पत्रकारका सुरक्षा, पत्रकारप्रतिको सम्मान, सहि सूचनाको सम्प्रेषण, विसंगतिको भण्डाफोर, भ्रष्ट्राचार बिरुद्ध निगरानी, खोज पत्रकारिता, निष्पक्ष र स्वतन्त्र पत्रकारिता अंगाल्न सक्यौं भने मात्र चौथौ अंगको गरिमा कायम रहन सक्छ । साथै पत्रकारिता जगतको भलो हुन सक्छ ।
आवाज विहिनको आवाज बन्न सक्नु पनि निष्पक्ष र स्वतन्त्र पत्रकारिता हो । यो सत्कर्मको मार्गमा सबै हिँडौं र २०८० साललाई पत्रकार वर्षको रुपमा मनाउन पहल गरौं ।
नयाँ वर्षको शुभकामना !
- कपिल अर्याल, शुद्धोधन ४ रुपन्देही, ९७४९३८२६८८