चितवन । चितवन-२ को उपनिर्वाचनमा ५६ हजार ५ सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरे छ ।
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५७ र नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेको छ ।
भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका हुन् ।
हालसम्म ८ सय ७० मत बदर भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०८:०८