काठमाडौं । चितवन उपनिर्वाचन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
रास्वपाका सभापति लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएको हो ।
लामिछानेका प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए भने एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका थिए ।
कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले यसअघि १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
रास्वपाका सभापति लामिछानेले गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १४:५५