बालापनको त्यो मीठो काल
दुई हजार चालिस साल
आउँछ याद गएको
बुढानिलकण्ठ वनभोज
विङ्गो खेल्दै नाच्दै
गाउँदै गरेको मोज
लुकामारी, खोपी, गुच्चा
डण्डीवियो, टेबुल टेनिश, पाँयाँ
हत्केलाको दायाँ वायाँ
नगरी कुनै झेल
कुद्दै लड्दै खेलेको
क्रिकेट अनि फुटवलको खेल
पसिनाले भिजेको तन
चाहेर पनि विर्सन नसक्ने
त्यो रमाईलाे बालापन
अनि चिन्ता रहित
प्रफुल्लित जीवन
अप्ठ्यारो पर्दा
साथीले साथीलाई बचाउँदै
बाउआमाको भात पचाउँदै
हिँडिरहँदा देख्यौं
हिलाम्यको कुरुपतामा विलाएको
सौन्दर्य विना सेलाएको
अर्ध नग्न स्त्री जस्तो
न हेर्न लायक
न थियो कसैलाई
वस्न पायक
हाम्रो नागपोखरी
देखेर यो सबैको मन पोल्यो
त्यसले हाम्रो ज्ञानको ढोका खोल्यो
नक्शाल भन्ने गाउँमा
सुन्दर ठाउँमा
न ताक्यौं मुख सरकारको
न थियो फिक्रि हामीलाई हारको
मनमा राखी हरी
एकताको सन्देश छरी
तयार भयौं गर्न
निःस्वार्थ कर्म
बुझ्दै पोखरीको मर्म
कोही थाले हिलो फाल्न
कोही थाले सुकेको झारपात बाल्न
कोही पसे ढलमा
कोही पसे फोहोर जलमा
भेटियो सिम कुखुरा
अनि खतरनाक किरा
र पनि बन्दै कृष्णको मीरा
सम्पदालाई माया गरी
नागपोखरीको वरिपरि
डुब्दै हिलोमा घरिघरि
जीन्दगीको परवाह नगरी
बालक बनिता युवा
भयौं हामी जम्मा
कमिलाको ताँती सरी
पञ्चायतकालको कालोमा
कसिंगर हाल्दै डालोमा
न लगायौं नारा
तर पनि जाग्यौं सारा
बनायौं सबैका लागि पायक
हाम्रो नागपोखरीलाई
अनि बस्न लायक
देखायौं सबैलाई गरे के हुन्न भनेर
परिश्रमको पसिना बनेर
विकासको जग खनेर
न चाहियो हामीलाई नाम
न चाहियो दाम
बस गर्नु थियो पवित्र काम
र त बनाई छाड्यौं
सुन्दर नागपोखरी
फाल्दै फोहोर गरेर
देशको नोकरी
सिक्नु पर्छ अब
सबै नेपालीले
त्यतिवेलाका हामीसँग
सिउँदोमा भर्दै समृद्धिको रङ्ग
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १४:१६